काठमाडौंः मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको समाचार आजको गोरखापत्रले दोस्रो पृष्ठमा छापेको छ  ।

समाचारमा लेखिएको छ, यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन ।

‘अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैं भएको थियो तर फेरि बादल लाग्न थालेको छ,’ मौसमविद् समिर श्रेष्ठले भने, ‘यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी वर्षा भइरहेको छ, त्यसकै असर नेपालमा बढ्न थालेको छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको गुजरात र अरब सागरमा रहेको न्यूनचापीय रेखा डिप्रेसनमा परिवर्तित भएको छ ।


। भारतको उत्तरप्रदेशमा रहेको न्यूनचापीय मौसम प्रणालीको असर नेपालको मध्य र पूर्वी भेगमा परिरहेको छ । यस प्रणालीकै कारण बंगालको खाडी र अरब सागर दुवैतिरको जलवाष्पयुक्त वायु तानिएर नेपालतर्फ आउनेक्रम जारी रहेकैले अझै एकसाता वर्षा लम्बिने मौसमविद् श्रेष्ठले बताए ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०७:४१