
काठमाडौंः मन्त्रिपरिषद बैठकका निर्णयहरु आज सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सार्वजनिक गरेका हुन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका छन् ।
सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरूमध्येबाट प्रा। सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
यी हुन मन्त्रिपरिषद्का निर्णयहरू :-
प्रकाशित मितिः २०७९ साल असार २ गते बिहीबार, १२:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook