काठमाडौंः चिनियाँ राष्ट्रपति सी चिनपिङ पहिलो पटक नेपाल भ्रमणमा आउँदैछन् ।

राजकीय भ्रमणको सिलसिलामा शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा कम्तीमा १९ घण्टा बिताउने भएका छन् ।

राष्ट्रपति सी शनिबार दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने र आइतबार मध्याह्न साढे १२ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं विमानस्थल जाने भएकी छन् ।

भ्रमण तालिका यस्तो छः

शनिबार

दिउँसो करिब ४ः३० देखि ५ः३० बजेसम्म त्रिभुवन विमास्थलमा उत्रने

साँझ ६ः३० बजे राष्ट्रपति भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने

साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार

बिहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने

१२ः३० बजे नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किने।


 


प्रकाशित मितिः शुक्रबार, असोज २४, १३:१६