अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखरवार्ता सिंगापुरको सेन्टोसा टापुस्थित क्यापेला होटलमा हुने तय भएको छ।

ह्वाइट हाउसले यो ऐतिहासिक शिखरवार्ताको स्थान तय भएको बारे जानकारी गराएको हो।

जुन १२ मा हुने सो शिखरवार्तालाई गोर्खा सैनिकले सुरक्षा दिने जनाइएको छ।

सेन्टोसा टापु सिंगापुरका ६३ टापुमध्ये एक हो। ५०० हेक्टर क्षेत्रफल भएको सो टापु मुख्य टापुबाट नजिकै छ। यहाँ लक्जरी रिसोर्ट, क्यासिनो र एसियाकै उत्तम गल्फ कोर्सहरु पनि छन्।

यद्यपि यसको इतिहास भने भयानक छ। १९ औँ शताब्दीमा बेलायती व्यापार केन्द्रका रुपमा सिंगापुर स्थापना भएपछि भारत र चीनबीच व्यापारिक मार्गमा यो स्थान पर्दछ।


। यद्यपि बेलायती शासनअघि नै यो स्थान व्यापारी र समुद्री डाँकुहरुको अखडा थियो।