काठमाडौंः यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ ।

आज द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार मिल्ग्रोम र विल्सनलाई दिइने भएको हो । दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् ।

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार दिइएको एकेडेमीले जनाएको छ ।

अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

आज अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ ।


। यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १८:५३