रुकुमपूर्वः जिल्लाको बुकीमा यार्चा संकलनसँगै बिक्री पनि सुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी यहाँ आएका हुन् ।

यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी आएका छन् ।

४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए ।

बुकीमा प्रतिगोडा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए ।

५ सयदेखि ५५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोवार भइरहेको रहेछ, उनले भने, हामीले प्रतिगोटा ६५० रुपैयाँ तिरेर एकमुष्ट ठुलो मात्रामा यार्चा खरिद गरेका थिए ।


बुकीमा गोटाका आधारमा खरिद गरेका उनीहरूले रुकुमपश्चिम सदरमुकाम मुसीकोट पुर्‍याएर यार्चा तौलिएका थिए । जिल्ला वनबाट छुट पुर्जी लिन उनीहरू त्यहाँ पुगेका हुन् । खरिद गरेको यार्चा वन कार्यालयले तौलेर टाँचा लगाएको थियो ।

उनका अनुसार बिहीबार मात्रै १ करोड ४४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म सकलन गर्दारहेन्, उनले भने । कान्तिपुर दैनिकमा  खबर छ ।