डोल्पा: यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ । यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९ बजेतिर उनको पाल भित्रै चक्कुले घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ ।

घटनाको प्रकृती अनुसार उनको हत्या भएको र हत्याराको खोज अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरीले बताए । निकै विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको किमजोङ पाटनमा पुग्न धो मा रहेको प्रहरी चौकीलाई ४ घण्टा लागेको थियो ।


पाटनमा एउटा मात्र पाल भएको बेला आइतवार राति ९ बजेतिर घटना भए पछि मृतकका साथीहरु प्रहरीलाई खबर गर्न हिडेर आइतवार राति साढे १ बजेतिर धो प्रहरी चौकीमा पुगेका थिए ।