काठमाडौंः संयुक्त अरव इमिरेट्स (युएई) मा रहेका दुई नेपालीसहित १४ जनालाई कोरोना संक्रमण भएको छ ।

युएइमा रहेका दुई नेपाली, चार अरबी, तीन इटालियन, दुई बंगलादेशी, रसियन, सिरियन र भारतीयहरुमा कोरोना संक्रमण भएको इमिरेट्स न्युज एजेन्सीले उल्लेख गरेको छ । यससँगै यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको छ ।

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो ।


सघन एवं सक्रिय अनुसन्धानपछि नयाँ संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयको सूचनामा जनाइएको छ ।

यूएइको स्वास्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति:




प्रकाशित मितिः मंगलबार, फागुन २७, ०९:०२