काठमाडौंः जापानिज खेलाडी नाओमी ओसाका चाइना ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् ।

शुक्रबार राति बेईजिङमा भएको खेलमा युएस ओपन च्याम्पियन बियान्का आन्द्रेस्कुलाई पराजित गर्दै ओसाका सेमिफाइनलमा पुगेकी हुन् ।

ओसाकाले बियान्कालाई ५–७, ६–३ र ६–४ ले पराजित गरिन् ।

सेमिफाइनलमा अब ओसाकाले साविक विजेता कारोलिन वोज्निकाईसँग प्रतिस्पर्धा गर्ने छिन् ।

अर्को सेमिफाइनलमा एस्लेइघ बार्टीले किकी बेर्टेन्ससँग सामना गर्ने छिन् ।

 


प्रकाशित मितिः शनिबार, असोज १८, ०९:५२