काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा युभेन्टसले सहज जित निकालेको छ ।

घरेलु मैदान टुरिनमा मंगलबार राति भएको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनमाथि ३–० को सहज जित निकालेको हो ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्युन र फेडरिको बर्नार्डेस्कीले समान एक एक गोल गरे ।

खेलको १७ औ मिनेटमामा हिग्युनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा बर्नार्डेस्कीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

युभेन्ट्स दुई खेलबाट ४ अंक जोड्दै समुह डी को शीर्ष स्थानमा छ ।


। लिभरकुसन अंक विहिन हुँदै पुछारमा छ ।


प्रकाशित मितिः बुधबार, असोज १५, ०९:११