काठमाडौंः इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ३–० को सहज जित निकालेको हो ।

युभेन्ट्सका लागि अल्भारो मोराटा, फेडरिको चिइसा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको ६२ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । त्यसपछि ८९ औं मिनेटमा रोनाल्डाले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए ।

जितपछि युभेन्ट्सले २४ खेलमा ४९ अंक जोडेको छ । युभेन्ट्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।


। स्पेजिया २५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १०:३८