काठमाडौंः युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले बेलोग्नामाथि २–० को सहज जित निकालेको हो ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

दोस्रो हाफको इन्जुरी समयमा ड्यानिलोले रातो कार्ड खाँदै मैदान छाडेपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता लिएको छ ।


। युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने एक खेल कम खेलेको लाजियोको ६२ अंक छ । बोलोग्ना २६ खेलमा ३४ अंकसहित १० औं स्थानमा छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, ०६:४२