काठमाडौंः इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानको युभेन्टसले जेनोआलाई हराएको छ ।

मंगलबार रातिको खेलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले हराएको हो ।

खेलको ५० औं मिनेटमा पाउलो ड्याबालाले गोेल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ७३ औ मिनेटमा ड्युगलस कोस्टाले गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । यस्तै, घरेलु टोली जेनोआका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।

जितसँगै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको युभेन्टसको २९ खेलमा ७२ अंक छ ।


। दोस्रो स्थानको लाजियोको २९ खेलमा ६८ अंक रहेको छ ।

लाजियोले समेत टोरिनोलाई २–१ ले हराउँदै उपाधि होडमा आफुलाई कायमै राखेको छ । लाजियोका लागि सिरो इमोबेल र मार्को पार्लोले एक एक गोल गरे ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, ११:०१