काठमाडौंः इटालियन सिरी ुएु फुटबलमा साविक विजेता युभेन्ट्स घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० ले पराजित भएको हो ।

बेनेभेन्टोका लागि एडोल्फो गाइचले निर्णायक गोल गरे ।

खेलको ६९ औं मिनेटमा एडोल्फोले निर्णायक गोल गरेका हुन् ।

पराजयसँगै युभेन्ट्स तेस्रो स्थानमा नै रहेको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक जोडेको छ ।

बेनेभेन्टो २९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, ०७:४२