काठमाडौंः युभेन्टस र एसी मिलानले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् ।

बिहिबार राति भएको पहिलो लेगको खेलमा युभेन्ट्स र मिलानले एक एक गोलको बराबरी खेलेका हुन् ।

मिलानका लागि एन्टी रबिकले एक गोल गरे भने युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

खेलको ६१ औं मिनेटमा एन्टी रबिकले गोल गर्दै घरेलु टोली मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै हारबाट जोगाए ।

७१ औं मिनेटमा थिएगो हर्नाल्डेज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मिलान क्लब १० खेलाडीमा सिमित बनेको थियो ।


दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, ०९:०२