काठमाडौंः इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा रोमालाई २–० ले पराजित गर्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लिएको हो । युभेन्ट्सले २० खेलमा ४२ अंक जोडेको छ ।
युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६९ औं मिनेटमा रोजरले गोल गर्दै युभेन्ट्स २–० को विजयी दिलाएका थिए ।
पराजित रोमा ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, ०९:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook