काठमाडौंः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवाहरुलाई नेपालमा रोजगार दिन सक्ने वातावरण सरकारले बनाएको बताएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरि फर्केका उद्यमीहरुको लागि सोमबार आयोजना गरिएको राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण समारोह लाई सम्वोधन गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।

मन्त्री विष्टले भने, जति अमेरिका बेलायत, जापान, कोरिया लगायतका देशहरु बदलिएका छन् र सम्पन्न छन् त्यो हुनुमा त्यो देशका जनताको महत्वपूर्ण भूमिका छ ।नेपालमा रोजगारीमा विदेश जान लागिरहेका युवाहरुको लर्को छ, यता श्रम बजारमा काम गर्नेको खाँचो छ ।


। त्यसकारण नेपाल भित्रका सम्भावनाहरुको बिकास गर्दै यसलाई व्यवस्थापन गर्नु आवश्यकता छ । यसका लागि सरकार लागि परेको छ ।

प्राप्त जनशक्तिलाई धेरै उत्पादकत्व बृद्धि गर्न नयाँ ढंगबाट जानु जरुरी रहेको बताउँदै उनले नेपालमा संभावना छ विदेशमा शिप सिकेका युवाहरु नेपाल फर्किएर नेपालमै लगानी गर्नुपर्दछ र नेपालमा काम गर्न आएका नेपालीहरुलाई पनि स्वागत गर्नुपर्ने बताए । पर्यटकिय केन्द्रको प्रवर्धन मार्फत लाखौ नेपाली युवाहरुलाई रोजगार दिने सम्भावन छ र हजारौं बिघा जमिन बाँझो छ यसमा समूहिक लगानीमा खेती गर्नु आवश्य रहेको औल्याए ।

यो सरकारले समाजिक न्याय सहित आर्थिक बिकास गर्ने नारा सहित अगाडि सारेको बताउँदै सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको समेत मन्त्री विष्टले जानकारी दिए ।