भक्तपुर: युनाईटेड अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जेठ २३ गते यूएईबाट नेपाल आएका एक जना महिला र एक जना पुरुषमा संकमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

संक्रमित महिलालाई आज बिहान साढे २ बजे भक्तपुर अस्पतालमा र पुरुषलाई मंगलबार राती नै टेकु अस्पताल लगिएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

२९ वर्षीय पुरुषको स्थायी ठेगाना मोरङ रहेको छ भने २६ वर्षीया महिलाको स्थायी ठेगाना रुपन्देही रहेको छ ।

कोरोना पोजेटिभ देखिएका दुवै जना चाँगुनारायण नगरपालिका– ७ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसेका थिए ।


। उनीहरुसहित १३ जनाको स्वाव परिक्षण गरिएको थियो ।

यसैगरी, कुवेतबाट जेठ ३० गते नेपाल आएकी एक महिलामा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नवलपरासीकी उनमा आइतबार कोरोना पोजेटिभ पुष्टि भएको थियो ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, २१:३७