काठमाडौंः युरोपेली फुटबल महासंघ (युईएफए)ले आगामी वर्ष हुने यू–१७ फुटबल प्रतियोगिता स्थगित गरेको छ ।
कोरोना महामारीको कारण देखाउँदै युईएफएले आगामी वर्ष हुने यू–१७ युरोपियन च्याम्पियनसिप स्थगित गर्ने निर्णय गरेको हो ।
शुक्रबार प्राप्त जानकारी अनुसार युईएफएले आगामी वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन ।
दुवै प्रतियोगिता तालिका अनुसार मे महिनामा हुने तय थियो । साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो ।
प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, ०८:२५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook