काठमाडौंः भारतको हैदराबादमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज भारतको ए टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे सुरु भएको छ ।

खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा सोमबार भारत सी टिमसँग १० विकेटको भारी अन्तरले पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुने छ । यता भारत ए पनि पहिलो जितको खोजिमा छ । पहिलो खेलमा भारत ए भारत बी सँग ६ विकेटले पराजित भएको थियो ।

नेपाललाई फाइनलमा स्थान बनाउनका लागि आज जित अनिवार्य छ ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०९:१९