काठमाडौंः एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।

छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा नेपाल इरानसँग ४–० को पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले सबै गोल दोस्रो हाफमा खाएको हो ।

खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानलाई दोब्बर अग्रता दिलाए । ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले गोल गर्दै इरानलाई तेब्बर अग्रता दिलाए । त्यसपछि ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।


छनोटको आफ्नो पहिलो खेलमा पनि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० ले पराजित भएको थियो ।

अब नेपालले छनोटको अन्तिम खेलमा आइतबार किर्गीस्तानसँग खेल्नेछ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०८:०५