काठमाडौंः निक्कै रुचाइएको लोकगीत ‘नक्कली साली’ पछि गीतकार विजय दर्पण र संगीतकार योगेशकाजीको पछिल्लो गीत ‘बारीको कर्कलो’ सार्वजनिक भएको छ ।

विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा विजय दर्पणको शब्द, योगेशकाजीको संगीत, गोविन्द पराजुलीको रेकर्डिस्ट र एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको छ । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ ।

राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ ।

अजय रेग्मीको छायांकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १३:५९