काठमाडौंः नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको नयाँ गीत ‘यो जुनीमा तिम्रो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक छवी न्यौपाने र मेलिना राईको स्वरमा सजिएको गीतमा लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत शृजना रहेको छ । आकाश र वर्षाबीचको प्रेम र भावी जीवनको गाथालाई निर्देशक निकेश खड्काले नजिकबाट केलाएका छन् ।

विबाह गर्ने उमेर पुगेका हरेक प्रेमी प्रेमीकाले भोग्नु पर्ने मिलन र विरहको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोमा आकाश र वर्षाले चलचित्रको कुनै कथा जस्तो लाग्नेगरी गज्जब अभिनय गरेका छन् ।

रुपेश खड्काको सम्पादन रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् ।


। एनपी म्यूजिक हवबाट बजारमा ल्याइएको गीतको भिडियो सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

भिडियो हेर्नुहोस्ः

 


प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, ०८:३९