काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र भारतीय जनता पार्टीका उपाध्यक्ष मध्येका एक तथा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीबीच आइतबार बिहान भेटवार्ता भएको छ ।

इपीजीले शनिबार नेपाल भारत सन्धि सम्झौता पुनरावलोकनका लागि साझा प्रतिवेदन तयार पारेको भोलीपल्ट कोसियारीको भेट पोखरेलसँग भएको हो । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक कोसियारी नेपाल-भारत नवौं बैठकका लागि आएका थिए ।

पोखरेलको निजी निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्वन्ध, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको थियो ।


। कोसियारीले आगामी दिनमा दुई देशका बीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी समेत गराएका थिए ।

कोसियारीले आगामी दिनमा दुई देशका बीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको बताएका छन् । कोसीयारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट नेपाल मामिला हेर्ने राजनीतिक व्यक्ति पनि हुन् ।