धरानः अहिले निक्कै नै चर्चित रहेकी गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत ‘आँखा झिमिक्क कति धेरै राम्री हो’ सार्वजनिक गरिएको छ ।
लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानलमाफर्त सार्वजनिक गरिएको हो ।
गीतको शब्द तथा संगीत उत्तम कार्कीको रहेको छ भने कुशल सिंहको संगीत संयोजन रहेको छ ।
गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो ।
रमाइलो पाराको गीतलाई चाँडै नै म्युजिक भिडियोको रुपमा समेत ल्याउने संगीतकार तथा गीतकार उत्तम कार्कीले बताए । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन् ।
।
लिरिकल भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल माघ १४ गते बुधबार, १३:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook