काठमाण्डौं: बलिउड सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रजनीकान्तलाई निकै स्क्रिन स्पेस दिइएको छ ।  यो फिल्म एक ग्यांगस्टर ड्रामा हो, जसमा रजनीकान्त काला करीकलन नामको ग्यांगस्टारको भूमिकामा छन् ।

ट्रेलर हिन्दी तेलुगु र तमिल भाषामा रिलिज भएको छ । रजनीकान्त र नाना पाटेकर दुवै आफ्नो चिरपरिचित स्टाइलमा देखिएका छन् । ७ जूनमा रिलिज हुने फिल्ममा रजनीकान्त र नाना पाटेकरको भीडन्त देख्न पाइनेछ ।

रजनीकान्तको पछिल्लो फिल्म जस्तै ‘काला ‘ले पनि एक कडा राजनीतिक सन्देश दिनेछ ।  हुमा कुरैशी र एस्वरी राव पनि यसमा लिड रोलमा छन् । यो फिल्मलाई पीए रन्जीतले निर्देशन गरेका हुन् ।