भक्तपुरः रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापा सम्मानित भएका छन् ।

समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १६ औं वर्ष प्रवेशको अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा थापा नगद पाँच हजार ५५५ रुपियाँ सहित क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

क्लबका अध्यक्ष थापालाई बागमति प्रदेशसभाका सांसद शशीजंग थापाले सम्मानित गरेका हुन् ।

सम्मान स्वरुप आएको रकम थापाले सो रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई सामाजिक कार्य गर्नका लागि हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद थापाले समाचारको मर्म बुझेर पत्रकारीता गर्न सबै पत्रकारलाई आग्रह गरे ।


। सत्य तथ्य र वस्तुनिष्ट भएर पत्रकारले समाचार सम्प्रेषण गर्दा मात्र समाचार समाजको वास्तवीक ऐन बन्न सक्नेमा उनले जोड गरे ।


प्रकाशित मितिः २०७७ साल माघ १ गते बिहीबार, १७:२३