काठमाडौंः रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बार एसोसिएसनको उपाध्यक्षसमेत रहेका बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको जनाएको छ ।


उनले आइतबार सपथग्रहण गर्ने बताइएको छ ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए ।

यस्तो छ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

 


प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १८:०६