काठमाडौंः रसियालाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरु खेल्नबाट प्रतिबन्ध लागेको छ ।

वर्ल्ड एन्टी–डोपिङ एजेन्सी (वाडा) को यो प्रतिबन्धपछि रसियाले सन् २०२० को टोकियो ओलिम्पिक्स र सन् २०२२ को कतारमा हुने फुटबल विश्वकपमा भाग लिन पाउने छैन ।

तर खेलाडीहरुले आफूले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित गरेमा ओलिम्पिकको जस्तै तटस्थ झन्डा लिएर खेल्न पाउँछन् ।

स्विटजरल्याण्डमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो ।

वाडालाई उक्त संस्थामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सन् २०१८ मा ती तथ्यांकहरूलाई शर्तस्वरुप मागिएको थियो ।


। वाडालाई प्रदान गरेको तथ्यांक गलत भएको प्रमाणित भएपछि त्यस्तो प्रतिबन्ध लागेको हो ।

रसियाले वाडाको निर्णयविरुद्व २१ दिनभित्र कोर्ट अफ आर्बिटेशन फर स्पोर्टस् (कास)मा अपिल गर्न सक्नेछ ।https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/79226527_449754409249097_5309583006770397184_n.jpg?_nc_cat=107&_nc_ohc=bQnRXLry8V0AQnrvlE1L8QPTfDjn42_OxGjoAJKWP70dH0mbcfd9krpuQ&_nc_ht=scontent.fktm8-1.fna&oh=a07a82d76468145157be4a743b2089cd&oe=5E7F1FAC


प्रकाशित मितिः मंगलबार, मंसिर २४, १०:०१