काठमाडौंः बलिउड अभिनेत्री कुमकुमको निधन भएको छ । ८६ वर्षको उमेरमा आज बिहान उनको निधन भएको भारतीय समाचारमाध्यमहरुले जनाएका छन् ।

उनी लामो समयदेखि बिरामी थिइन् । उनको जन्म २२ अप्रिल सन् १९३४ मा बिहारको शेखपुरामा भएको थियो। उनको वास्तविक नाम जैबुननिसा हो।

निर्देशक गुरु दत्तको चलचित्रबाट बलिउडमा डेब्यु गरेकी कुमकुम ५० र ६० को दशककी चर्चित अभिनेत्री हुन् । अभिनय करियरमा उनले ११५ भन्दा बढी चलचित्रमा काम गरेकी छिन् ।

उनका उत्कृष्ट चलचित्रहरु ‘मिस्टर एक्स इन बोम्बे (१९६४), ‘मडर इन्डिया (१९५७), सन अफ इन्डिया (१९६२), कोहिनूर(१९६०), ‘उजाला’, ‘आँखे’ (१९६८) लगायतका हुन् ।


बलिउडसँगै उनले भोजपुरी चलचित्रमा पनि आफ्नो स्थान बनाउन सफल भइन् ।


प्रकाशित मितिः मंगलबार, साउन १३, २०७७, १८:२७