काठमाडौंः अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको निधन भएको छ ।
स्थानीय संचार माध्यमहरुका अनुसार उनको ९० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।
प्रकाशित मितिः २०७७ साल फागुन ३ गते सोमबार, १५:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook