काठमाडौंः कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ । बुधबार राति काठमाडौं मेडिकल कलेज (केएकसी) सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार अपराह्न करिब पौने तीन बजे निधन भएको थियो ।

आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका थपलिया बुधबार राति केएमसीमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो ।

काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन् । उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।