काठमाडौंः कलाकार आनन्द थापाको मंगलबार राति निधन भएको छ । उनको ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।

२ वर्षदेखि उनी प्यालाइसिसका कारण थलिएका थिए ।

थापाले ‘मनको वाँध, कुमारी, कान्छी, मायाप्रिती, प्लान, राज, ठूली, बरदान, त त साह्रै विग्रिस नी वद्री, मलाई मन पर्यो, वरदान’लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । यस्तै, थापाले दर्जनौ टेलिसिरियलमा पनि काम गरेका छन् ।

थापाको श्रीमती र ३ छोरा छन् । उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १२ बजेसम्म पशुपतिस्थित आर्यघाटमा राखिएको छ ।


प्रकाशित मितिः बुधबार, पुस २, १२:०२