कञ्चनपुरः पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा राँगोले हानेर एक वृद्धको मृत्यु भएको छ ।
आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको हो ।
बुधबार राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्विर
प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, ०८:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook