काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कृषि बिकास बैंकबीच सम्झौता भएको छ ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायबीच आज सम्झौता भएको हो ।

दश वर्षे सम्झौता पत्र आदान प्रदान गर्दै सदस्य सचिव सिलवालले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ ।’ बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तरर्गत छुट्याएको बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्न सके महत्वपूर्ण योगदान हुनेछ । उनले भने, ‘लगानी गरे परिणाम आउँछ, नेपाली खेलकुद रिजल्ट दिन सक्षम छ, हामी परिणाम दिएर राष्ट्रको गौरब बढाउछौं, लगानीमा हामीलाई साथ दिनुहोस् ।


।’

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदै संस्था गौरबित भएको बताए । उनले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेका हौं । प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बिगतलाई स्मरण गराउँदै भने, ‘भलिबलका १० जना राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पूनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ ।’ उनले थपे, ‘केन्द्रियमा मात्र होईन्, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।’

दश बर्षको लागि भएको सम्झौतामा कर्मचारी कर्जा तथा सापट सम्वन्धि ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्मको तलबी खाता कर्जा उपलब्ध गराउने छ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १९:५८