काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ सम्मानित भएकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानीय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई आज सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेल क्षेत्रको विकास र विस्तारमा समाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताइन् ।
उनले भनिन्, ‘खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्छ ।’
कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भए पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउँदै आएका बताए ।
।
सम्मान कार्यक्रममा संस्थाले एसइइ उत्रीर्ण गरेका बिद्यार्थीलाई पनि सम्मान गरेको थियो ।
प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, १६:३६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook