काठमाडौंः काठमाडौं उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ।

सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन्।

ठूला अस्पताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ। केन्द्रका अनुसार राजधानीमा दैनिक चार सय पिन्ट हाराहारीमा रगत माग छ।

हाल काठमाडौंमा एक हजार दुई सयवटा संघसंस्थाले रगत संकलन गर्दै आएका छन्।


। अधिकांशले वर्षको एकदुईपटक मात्र रगत संकलन गर्छन्।

केन्द्रका उपनिर्देशक डा. प्रकाश यादवले आइतबार साँझ ४ बजेसम्म २२ पिन्ट रगत केन्द्रमा संकलित भएको बताए।नागरिक दैनिकमा समाचार छ ।