हेटौंडाः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ को संसदीय दलको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै सो निर्णय गरेको हो ।

तर पार्टी केन्द्रको यस्तो निर्देशनप्रति असहमत सांसदहरुले भने आफ्नो फरक मत दर्ज गरेका नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले बताइन् ।

प्रदेशसभाको बैठकमा पनि यो निर्णयमा असहमत सबै सांसदहरुलाई आफ्ना धारणा राख्न दिने सहमति भएको उनले बताइन् ।

प्रदेशसभाको बैठक आइतबार बस्ने सम्भावना छ । सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको छ ।



प्रकाशित मितिः शुक्रबार, पुस २५, १४:१२