काठमाडौंः राजन कार्की र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत ‘बनको खयर’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत रहेको छ । तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

भिडियोमा राजन कार्की, सुबिक्षा हमाल, सवि हमाल, सुवि हमाल र बाल कलाकार सचिन परियार र अग्रता कार्कीको अभिनय रहेको छ ।

सर्जक सुन्दर हमालले आफ्नै छोरीहरु सवि हमाल र सुवि हमाललाई यसै भिडियो मार्फत अभिनयमा डेब्यु गराएका छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका छन् ।


सार्वजनिक गीत हमालको आफ्नै च्यानल सवि सुवि इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १४:४२