काठमाण्डौं : राष्ट्रिय जनता पार्टी (राजपा)  नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष निकाल्दै उक्त निर्णय लिएको हो ।

कैलाली एक बाट निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म शपथ नगराएको भन्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय राजपाले गरेको छ । राजपाको राजनीतिक समितिको बैठकले आफ्नो महाधिवेशनको मिति तय गरेको छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई महाधिवेशन गरेर दलसम्बन्धी व्यवस्था अनुसार कार्यसमिति चयन गर्न पत्र लेखेपछि उसले आगामी वर्षको वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको आजको राजधानी दैनिकमा समचार छ ।