काठमाडौंः राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेटको क्षतिमा पुरा गर्‍यो ।

राजस्थानका लागि राहुल टेवाटियाले अविजित ४५, रियान परागले अविजित ४२, सन्जु सामसनले २६, रोबिन उथप्पाले १८ र जोस बट्लरले १६ रन बनाए ।

हैदराबादका राशिद खान र खलिल अहमेदले २र२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।


हैदराबादका लागि मनिस पाण्डेले ५४, कप्तान डेभिड वार्नरले ४८, जोनी बेयरस्टोले १६, केन विलियम्सनले अविजित २२ र प्रियम गार्गले १५ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चर, जयदेव उनाडकट र कार्तिक त्यागीले १र१ विकेट लिए ।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ । हैदराबादको यो चौंथो हार हो । हैदराबाद ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १९:५६