वीरगञ्जः राजस्व कार्यलयले वीरगञ्ज स्थित घण्टाघर नजिकै रहेका मोवाइल पसलहरुमा छापा मारेपछि व्यवसायीहरु आन्दोलित भएका छन् ।

अनाधिकृत रुपमा भित्राइएका मोवाइल तथा इलेक्टोनीक सामानहरु रहेको जानकारी प्राप्त भएको आधारमा राजस्वले छापा मारेको हो ।

छापा मारेको विरोधमा अहिले स्थानीय व्यवसायीहरुले घण्टाघरमा विरोध निकालेका छन् ।