काठमाडौंः राजतन्त्र पुनःस्थापनाको माग गर्दै युवाहरुको समूहले आज बौद्धमा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठन र युवा संगठनका नेताहरुसहितको सहभागितामा राजावादीहरुले प्रदर्शन गरेका हुन् ।

युवाहरुले बौद्धमा राजतन्त्र चाहियो भन्दै प्रदर्शन गरेका हुन् ।

संगठनले कोरोना भाइरस संक्रमण नियन्त्रण भन्दापनि भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारको विरोध गरेको छ ।मंगलबार, असार २, २०७७


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, २१:५८