काठमाडौंः चर्चित एवं लोकप्रिय सर्जक इन्द्र दाहाल र चर्चित मोडल सारिका केसीको अभिनयमा रहेको “यो दुनिया ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका माया नानु को नयाँ साङ्गीतिक कोसेली “यो दुनिया ”सार्वजनिक भएको हो ।

मायामा हारेका प्रेमी प्रेमीकाको प्रेम कहानीलाई गीतमा समेटिएको छ ।

इन्द्र दाहाल र सुजन तामाङ्गको शब्द सिर्जना तथा रेशम केसीको लय सिर्जना रहेको छ ।

विरेन्द्र भट्टको छायांकन, अविनास डिसीको सम्पादन तथा मदन खड्काको निर्देशन भिडियोमा छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १२:०८