काठमाडौंः कुमार लामा र राम कुमार बुलुनको संयुक्त प्रस्तुतीमा गायक राजु विरही र गायिका रिता बुढाथोकीको आवाजमा ‘बाझो खेतैमा’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

मायालु युगल जोडीको मनमा उब्जने प्रेमको भावलाई समेटिएको छ । आफनो मायालु लाई भेटदाको खुशी पललाई गीतमा ब्यक्त गरिएको छ ।

राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । संजय श्रीपालको एरेन्ज गीतमा छ । आफनो गाउँमा आफुलाई भेटदा निकै खुशी भएको कुरा गीतमा गायक ले गरेका छन ।

मरुभुमी नारायणको छायांकन तथा रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन ‘बाझो खेतैमा’ गीतमा छ । गीतको भिडियोमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल आयुष्मा कार्की तथा कुमार लामाको अभिनय भिडियोमा रहेको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १५:४४