काठमाडौंः गायक राजु विरही र गायिका लक्ष्मी परियारको आवाजमा रहेको ‘घासैँ खरुको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आशिष लामाको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतमा सञ्जय श्रीपालले एरेन्ज गरेका छन् ।

निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा नेपालको विभिन्न रमणिय ठाउँहरुलाई भिडियोमा देखाइएको छ । भिडियोमा राजु विरही र रोशनी लामाको अभिनय रहेको छ ।

मरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ ।

प्रेमी प्रेमिकाबीचको भावनात्मक प्रेमलाई गीतमा समेटिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बुधबार, फागुन २१, १४:२३