काठमाडौंः गृह मन्त्रालयद्वारा गठित संगठित सुन तस्करी सम्बन्धि विशेष छानविन समितिले सोमबार दरबारमार्गस्थित एक सुन पसलमा छापा मारेको छ ।

समितिले ३३ किलो सुन तस्करी प्रकरणमा दोषि मानिदै आएका र प्रतिवादी समेत रहेका राजेन्द्र शाक्यको आरके ज्वेलर्समा संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको हो ।

शाक्यमाथि मोरङ जिल्ला आदालतमा मुद्दा चलिरहेको छ।