काठमाडौंः हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत ‘जुटौं अब त उठौं अब त’ को भिडियो दर्शकमाझ आएको छ । निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियाँमा गरेका हुन् । गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन् ।

यो गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले गरेकी हुन् । गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन् । थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् ।


। मुलतः भारतले कब्जा गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्ता भू–भाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भू–भाव नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टी गरेका छन् ।

यो गीतको भिडियोलाई नगेन्द्र राईले छायांकन गरेका हुन् । भिडियो नृत्य कोरियोग्राफी पनि राईकै हो । जसमा किशोर खनालको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई विकल्प फाउन्डेसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतको भिडियोमा नेपालका विभिन्न सम्पाद, संस्कृति, प्राकृतिक सुन्दता, भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ । देशभक्ति यो गीतको भिडियो पनि थापाले त्यत्तिकै आकर्षक बनाएका छन् ।

भिडियो हेर्नहोस्ः


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १०:५८