काठमाडौंः चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ साकेला गीत ”पुर्वमा घाम लाग्यो” को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको हो ।

गीतमा दिप किराँती ‘हाङ्दीप’ को शब्द, डि आर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ ।

मौलिक लोक लयमा आधारित गीतमा नेपाली समाजको कला संस्कृतिलाई निकै रोचक रुपमा समेटिएको छ । पुर्वको भोजपुर, उदयपुर, धनकुटा लगायतका क्षेत्रमा बसोवास गर्ने मंगोल जातिहरुको महान पर्व साकेलाको महत्व र गरिमालाई गीतमा समेटिएको गीतकार किराँतीले बताए ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बुधबार, पुस १६, १४:५२