काठमाडौंः राजेश पायल राई र गायिका बिमला मगरको “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोको सार्वजनीक भएको छ ।

खानेपानि तथा सरसफाई मन्त्रि बिना मगरले एक कार्यक्रमकाबीच उक्त भिडियोको सार्वजनिक गरेकी हुन् ।

सार्बजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा राजेश पायल राई र बिमला मगरको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायिका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्राम गुरुङ, गुणा गुरुङ, सबि लगायतका कलाकारहरुले सफल अभिनय हेर्न सकिन्छ ।


। “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोलाई दुधकोशी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्बजनिक गरेको हो ।

भिडियो –